जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार १६:३५

सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलीकप्टरबाट काठमाडौं ल्याइयो


काठमाडौं, १५ जेठ । कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याईएको छ । सिरोहियाको मुटुको समस्या बढेपछि आज हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको हो । उनलाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार गरिँदैछ ।

नागरिकता किर्ते कसुरमा उनी काठमाडौंस्थित कान्तिपुरको मुख्यालय थापाथलीबाट पक्राउ परेका उनलाई गत मंगलबार राति धनुषा लगिएको थियो । अदालतले पटक–पटक म्याद थपेर प्रहरीलाई अनुसन्धानको लागि अनुमति दिँदै आएको छ । उनलाई अहिलेसम्म तीन पटक ३–३ दिनको लागि म्याद थप गरिएको छ ।