जनता टाइम्स

२० जेष्ठ २०८१, आईतवार ०७:३८

डलर-युरोसहित यस्तो छ आज बिदेशी मुद्राको बिनिमय दर


काठमाडौं, जेठ २० । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ ।

राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा रहेको छ । राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ