काठमाडौं, जेठ ३१ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तात्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले सफाइ पाउनु भएको छ ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू तेजारायण सिंह राई र रामबहादुर थापाको इजलासले गैरकानुनी लाभको कसूरमा तात्कालिन महाप्रबन्धक पौडेलसहित ८ जनालाई सफाइ दिएको हो।
विशेष अदालतले तत्कालीन महाप्रबन्ध पौडेलसहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौँ डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा) ध्रुबबहादुर देवकोटा र महेश प्रसाद काफ्लेलाई सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको भन्दै गत माघ १० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले रीतपूर्वक माग नभएको अवस्थामा ऐनविपरीत भीएफडी खरिद गरी भुक्तानीसमेत गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो।
आयोगले २२ लाख ७८ हजार ३०५ रुपैयाँ बिगो र सजायको माग गरेको थियो। तर बिशेष अदालतले अख्तियारको मागदावी खारेज गरिदिएको छ । उदयपुर सिमेन्टमा सुधारको काम अघि बढाएर आफ्नो क्षमतादेखाउनु भएका पौडेललाई रिसिवी साँध्न उजुरी दिन लगाएर मुद्धा लगाइएको थियो ।













प्रतिक्रिया दिनुहोस्