भक्तपुर, १ असार । विगत २४ वर्षदेखि अष्ट्रेलियाको सिडनीस्थित कलेजमा अध्यापनरत डा. सोजेन प्रधानले विदेश आउने नाममा अन्धाधुन्ध आँंखा चिम्लेर आउने गल्ती नगर्न सुझाउनुभएको छ । अष्ट्रेलियामा स्थायी वसोबास गरिरहेर हाल केही दिनका लागि नेपाल आएका भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थानका उहाँले सवैकुरा बुझेर मात्रै विदेश आउन नयाँं पुस्तालाई सुझाब दिनुभयो । सकेसम्म नेपालमै केही गर्न कोसिस गर्नुस्, उहाँले नयाँं पुस्तालाई लक्षित गर्दै भन्नुभयो, ‘भएन भने बिकल्पको रुपमा मात्रै विदेश आउने सोच्नुस् ।’
उहाँले सबै नेपाली विदेश पुग्दा देशको दुर्दशा हुन थालेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । विदेशमा रहे पनि देशको लागि केही गर्ने हुतहुती छ, उहाँले थप्नुभयो,,‘त्यही कारण केही गर्न सकिन्छ भनेर नेपाल आउने गरेको छ । आफूले विशेष गरेर अनुसन्धानको काम गरिरहेका र त्यसलाई नेपाल र नेपालीसँंग जोडेर नेपालकै फाइदाका लागि गर्ने प्रयास गरिरहेको जानकारी उहाँले गराउनुभयो । भक्तपुर नवदुर्गास्थानका पुख्र्यौली घर दाजुभाइलाई भाग दिएर उनी अहिले अष्ट्रेलियामा स्थायी बसोबास गर्छन् ।
प्रतिक्रिया दिनुहोस्