काठमाडौं, असोज १७ । मुलुकको पाँचौं सम्माननीय पद सभामुख रहनुभएका नेकपाका नेता कृष्णबहादुर महरा एउटा महिलासँगको सम्बन्धका कारण यतिबेला घर न घाटको अवस्थामा पुग्नुभएको छ । माओवादी जनयुद्धदेखि शान्तिकालपछि पनि लगातार शक्तिशाली पदमा आसिन हुन पुग्नुभएका महरा संसद सचिवालयकै कर्मचारी रहेकी महिलामित्रसँग दशैं मान्न रक्सी बोकेर डेरामा पुगेपछि अहिलेसम्म प्राप्त सवै प्रतिष्ठा गुमाउन पुग्नुभएको छ ।
लामो समयदेखि घणिष्ट सम्बन्धमा रहनुभएका महराका महिलामित्र रोशनी शाहीले गत आइतवार राती रक्सी बोकेर डेरामा आई दशैं मनाउ भन्दै सेवन गराएर बलात्कार गरेको आरोप लगाएपछि उहाँको सभामुखदेखि ब्यक्तिगत मानसमेत खोसिएको छ । ठुलै कसरत गरी महिलालाई कुनै दुब्र्यवहार नगरेको भन्ने बयान आफू निकट मार्फत गर्न लगाए पनि झुटो सावित भएपछि महरा झनै संकटमा पर्नुभएको छ । आइतवार राती रोशनीको डेरामा बिताएको १ घन्टा १७ मिनेटको समय महराका लागि निकै महंगो सावित भएको छ । अर्थात महराका सवै साम्राज्य गुम्न पुगेको छ ।
कसरी महरा यस्तो शिकार भए त ? यस्को प्रमुख कारक चाँहि ओली सरकार ढाल्न कांग्रेस नेताहरुसँग गरेको हिमचिम र छाडेको सुराक नै प्रमुख देखिएको छ । कांग्रेस नेताहरुले महराको कमजोरी रोशनी शाही हुन भन्ने जानकारी तीन बर्ष अघि नै चाल पाउनुभएको थियो । कांग्रेस निकटस्रोतका अनुसार कांग्रेस उपसभापति बिमलेन्द्र निधिले तीन बर्षअघि नै यस बिषयमा जानकारी पाउनुभएको थियो । सरकार ढाल्ने योजना बनिरहँदा पनि महरा शाहीसँग म्यासेजमा कुराकानी गर्ने र समय निकाल्दै जाने गरेको पत्ता लागेपछि मस्त कामरेड भन्दै महरालाई उडाउनु भएको थियो । तर महराले यो कुरा बुझ्न सक्नुभएन ।
शाहीसँगकै सम्बन्धका कारण जतिबेला पनि महरालाई आफ्नोतिर पार्न सक्ने निश्कर्षमा निधि हुनुहुन्थ्यो । कतिपय कांग्रेसको देउवा निकट बैठकमा निधि महरालाई जतिखेर पनि तान्न सक्ने हैसियत राख्छु भन्ने गर्नूभएको थियो तर कारण खोल्नुभएको थिएन । निधिसँगको सम्बन्धकै कारण महरा पार्टी एकताको बिरुद्धमा लागेपछि तात्कालिन अध्यक्ष प्रचण्डले पार्टी एकताबारे उहाँलाई सुईकोसम्म दिनुभएन । निधिहरु भने महराले सदैव कम्युनिस्ट भएर पनि माओवादीभित्र कांग्रेसको सदस्यको भुमिका खेलेको कारण चुपचाप थिए । तर जव एकाएक माओवादी–एमाले मिलेर नेकपा बन्यो, कांग्रेस नेतादेखि बिदेशी प्रतिक्रियावादीसमेत तर्सिए । निधिहरुकै बुझाइमा महराले एमाले–माओवादी एकताबारे जानकारी नदिएर पुरानो सहमतिमा धोकाधडी गरे ।
महराको कमजोरी शाही हुन भन्ने जानकारी कसरी निधिसम्म पुग्यो त ? यस्को पाटो भने अघिल्लो ओली सरकार हटाउने खेलसँग जोडिएको छ । अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाउन तात्कालिन माओवादीका नेता महरा ज्यान फालेर लागे । महराले ओली सरकार फाल्नका लागि कांग्रेस नेता बिमलेन्द्र निधि र अमरेशकुमार सिंहसँग लामै छलफल र गृहकार्य गरे । दिनदिनै जसो महरा र निधि–सिंहबीच छलफल चल्यो । ओली सरकार ढाल्ने मिसनमा लागेपछि महराले निधि र सिंहसामु आफ्नो कमजोरीको सुराकी पनि छाडेर आए । सरकार ढल्यो, एमाले–माओवादी नदीका दुई किनारा बने । नेकपाका बर्तमान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ठुलै मनमुटाव भयो । तर समय बदलियो, ओली–प्रचण्डले पुरानो घाउ कोट्टयाउनुको साटो छोटो अवधीमा चमत्कार गर्दै दुई पार्टीलाई एक बनाएर दुनियालाई देखाइ दिए । पार्टी एकताको बिषयमा महराले सुइकोसम्म पाएनन । निधि–सिंहहरु महराले जानकारी पाएरु पनि थाह दिएन भन्दै भित्रभित्रै मुर्मरिए ।
पछिल्लो समय महरा शाहीसँग निकै हिमचिम बढाउनु भएको थियो । शाहीसँगको सम्बन्धबारे महराका परिवार पनि जानकार रहेको थियो । त्यही भएर अर्थमन्त्री हुँदा छोरा राहुलले शाहीलाई मन्त्रालय प्रवेश नै नदिनु भन्दै सचिवालयका कर्मचारीलाई आदेश दिएका थिए । पछिल्लो पटक पनि मशरा शाहीसँग निकै नजिकिनु भएको थियो । संसद सचिवालयमै पनि महरा शाहीतिर नजर लगाउने गर्नुहुन्थ्यो । यो कुरा केही कांग्रेस सांस्दले चाल पाएका थिए । पछिल्लो समय शाहीको फेसबुकबाट नेकपाका नेताहरुबिरुद्ध मनपरी ढंगले पोष्ट आउँदासमेत महरा भने उनैका फिदा बनेर बस्नुभएको थियो । त्यसैको परिणाम गत आइतवार महरा बाहिर नै रक्सी सेवन गरी थप बोतल लिएर शाहीको कोठामा पुग्नुभएको थियो । पछिल्लो बयानमा शाहीले महरा आफ्नो कोठामा नआएको बताए पनि प्रमाणका आधारमा पहिलो बयान नै सत्य सावित भएको छ ।
शाहीकै शब्दमा त्यस दिन महरा नआउनु भन्दा पनि म आउँछु भन्दै रक्सी बोकेर शाहीको डेरा पुगे । रक्सी खुवाए, आफैले पनि दुई पेग लिए र बलात्कार गरे । उनको यो बयान त्यही दिन छोरा राहुललाई पठाएको भाइवर म्यासेजले पनि पुष्ट गर्छ । तिम्रो बाबुले मलाई रेप गरे, यो कुरा म बसेको घरबेटीले थाह पाई पुलिस बोलाए, पुलिस आयो भन्दै उनले राहुललाई म्यासेज पठाएको तथ्य बाहिर आइसकेको छ । शाहीले आफूले चिनेको नेकपाका नेताहरुलाई पनि म्यासेज पठाएकी थिइन । तर महरासँगको अन्तरंग सम्बन्धबारे कांग्रेस नेतृलाई शाहीले बताएपछि महराको दिनगन्ती सुरु भएको हो ।
उनले दोस्रो बयानमा पनि डेरामा आउने पत्रकार अजयबाबु शिवाकोटीले दिदीले पठाएको भनेकी छन । ती दिदीलाई उनैले महरासँगको सम्बन्धबारेको सवै गोप्यता दिएकी थिइन । उनले भनेको दिदी कांग्रेस नेतृ उमा रेग्मी हुन । सोही आधारमा निधिदेखि गगन थापासम्म छलफल गरेर बिश्वसिलो पत्रकारलाई शाही निवास पठाइएको थियो । स्रोतका अनुसार यो बिषय आएपछि निधिले नै त्यो त मलाई पहिला नै थाह थियो, महराजी पटक पटक जाने गरेको मलाई याद छ भनेपछि घटना पक्का हो भनेर नै शिवाकोटीलाई डकुमेन्ट दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्