काठमाडौं, असार ५ । नेपाली सेनाले महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गरेको छ । सैनिक अदालतले महासेनानी मल्ललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
सैनिक अदालतले मंगलबार मल्ललाई दोषी ठहर गरी बर्खास्त गर्ने निर्णय गरेको हो । मल्ल संयुक्त राष्ट्र संघको स्थायी नियोगमा कार्यरत रहेका थिए । न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी मिसनमा सैनिक सहचारीका रूपमा कार्यरत मल्लको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि अमेरिकाबाट झिकाएर अनुसन्धान थालिएको थियो ।
मल्ल केही महिनाअघि मात्र सैनिक सल्लाहकारको दरबन्दीमा राष्ट्रसंघीय स्थायी मिसनमा गएका थिए । बर्खास्तीमा परेको मल्ल सैनिक प्रहरीको हिरासतमा थिए । छानबिन प्रतिवेदनका आधारमा सैनिक अदालतले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्