जनता टाइम्स

५ असार २०८१, बुधबार १८:१२

कर्मचारीले स्थगित गराइदिए चलिरहेको संसद बैठक


काठमाडौं, असार ५ । संघीय संसद सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए ।

आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरे । ‘ब्ल्याक आउटमा सदन नचलाऔं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भन्नुभयो ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जवाफ दिएर पुरक प्रश्न लिएपछि त्यसको जवाफ दिन नपाउँदै सभामुखले सभाको बैठक स्थगित गर्नुभएको हो । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।