जनकपुरधाम, ६ असार । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार शाह नियुक्त हुनुभएको छ ।
विहिबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गर्नुभएको हो ।
शाहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गर्नुभएको छ ।
शाह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्