जनता टाइम्स

१३ असार २०८१, बिहीबार १७:४७

घनश्याम भुसाललाई सघाउने सहमति भएको छैन : झलनाथ खनाल


काठमाडौं, १३ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफुले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको स्पष्ट गर्नुभएको छ । आज पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकपछि प्रतिक्रिया दिदै नेता खनालले आफ्नो दाबि जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गर्नुभएको हो ।

बुधबार खनाल निवासमा भुसालसँगको छलफल पछि उहाँले अध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो । नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताउनुभएको हो । असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताउनुभएको छ ।