काठमाडौं, १४ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह स्वदेश फर्किनुभएको छ । भारतको नयाँ दिल्लीमा उपचार गरेर नेता सिंह आज स्वदेश फर्किएको उहाँको सचिवालयले जनाएको छ ।
उपचारको लागि सिंह करिब एक महिना भारत बस्नुभएको थियो । केही दिनको आरामपछि उहाँ सक्रिय हुने उहाँको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि दिल्ली उपचारको लागि जानुभएको थियो । भारतमा उहाँको शल्यक्रिया भएको थियो ।













प्रतिक्रिया दिनुहोस्