युएई, असार १८ । प्रवासी नेपाली मञ्च युएइको सातौं अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा यही जुलाई ७ तारिकमा आयोजना हुने अधिवेशनको सवै तयारी पूरा गरी अन्तिम चरणमा पुगेको संयोजक बाबुराम सापकोटाले बताउनु भयो ।
अधिवेशन आयोजक कमिटीका संयोजक सापकोटाका अनुसार अधिवेशनले कामको समिक्षासहित नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको तयारीको सन्दर्भमा अन्तराष्ट्रिय कमिटीको प्रमुख आतिथ्यतामा सोमवार आयोजक कमिटीको बिशेष बैठकसमेत बसेको छ ।
सो बैठकले अधिवेशनलाई सब्य र भब्य बनाउने निर्णय गरेको संयोजक सापकोटाले जानकारी दिनुभयो । युएइको अधिवेशन उदघाटनका लागि युरोप र मध्यपूर्वका अन्य देशको भ्रमण सकाएर अध्यक्ष थापा युएई आइसक्नु भएको छ । अध्यक्ष थापा राष्ट्रिय कमिटीका अधिवेशन गराउने क्रममा दोस्रो पटक बिश्व भ्रमणमा रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्