काठमाडौं, असोज २०
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा विहानैबाट दशनार्थीको घुइचो लागेको छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको हो ।
तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन बिहानै लाममा बस्न पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार करिव आधादेखी एक घण्टामा पुजाआजा गर्न सकिने जानकारी दिएको छ । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।
प्रतिक्रिया दिनुहोस्