जनता टाइम्स

२४ आश्विन २०७६, शुक्रबार ०७:३४

कर छलीमा बदनाम बन्दै नेपाल रेडक्रस, सवारी करसमेत नतिरेको खुलासापछि यातायातले काट्यो पुर्जी


अब नेपाल रेडक्रसको नविकरण हुनलाई १५ सय उपशाखा, ७७ जिल्ला शाखा, ७ प्रदेशहरु र केन्द्रीय कार्यालयको लेखा परिक्षण प्रतिबेदन अनिवार्य हुनेछ

काठमाडौं, असोज २४ । नेतृत्वमा रहेका सिमित ब्यक्तिकोपारिवारिक अखडा बनाएपछि पछिल्लो समय निकै बदनाम बनेको नेपाल रेडक्रस सोसाइटी कर छलीमा एकपछि अर्काे रेकर्ड कायम गरेको तथ्यहरु फेला परेको छ । रेडक्रसले गरेको कर छलीसँगै सवारीसाधन करसमेत नतिर्ने गरेको र बर्षाैंदेखि नविकरणबिनै दर्जनौं सवारी साधन सञ्चालन गरिरहेको पाइएको छ ।

रेडक्रसकोयो बदमासी जानकारीमा आएसँगै यातायात ब्यवस्था बिभागले नेपाल रेडक्रस सोसाइटीलाई आफूसँग भएको सम्पुर्ण सवारी साधनको बिवरणसहित बिभागमा आउन पुर्जी काटेको छ । नेपाल रेडक्रस सोसाइटी सँस्था दर्ता ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा २०४३ साल भाद्र १ गते विधिवत दर्ता भई र्दता नम्बर १÷०२१ कायमा भएको सँस्था हो । नेपाल रेडक्रस सोसाइटी आन्तरिक राजश्व कार्यालय कामनपा १३ कालिमाटी स्थायी लेखा नम्बर ३०११३६२२४ मा आबद्ध भएर देशभरका करको कारोबार हुन्छ । तत्कालिन श्री ५ को सरकारले जेनभा महासन्धीमा हस्ताक्षर पश्चात कुनै पनि देशमा एउटामा मात्र रेडक्रस सोसाइटी खोल्न स्वीकृती हुन्छ । जसअनुसार २०२० भाद्र १९ गते नेपालमा पनि नेपाल रेडक्रस सोसाइटी नाम सँस्था खोल्न स्वीकृति प्राप्त भएको हो ।

नेपाल रेडक्रस सोसाइटी बर्तमान नेतृत्व अध्यक्ष सन्जीवकुमार थापा १६ वर्ष देखि महामन्त्री देबरत्न धाख्वा ३३ वर्ष देखि र कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान २० वर्ष देखि निरन्तर एकै पदमा आसिन छन् । रेडक्रसको विधान सेण्डिकेट भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४१ बुँदाहरु सँशोधन गरेको थियो तर अध्यक्ष थापा सँशोधित विधानअनुसार सोसाइटीको गाँउस्तरमा रहेको उपशाखा, जिल्ला शाखा, प्रदेशहरुको तहगत निर्वाचन गराउनको साटो पहिला केन्द्रको निर्वाचन गराउन लागि पर्नुभएको छ । रेडक्रसका ज्ञाता अरुण खनाल थापाको यो कार्य सोसाइटीमा अझै सेण्डिकेट खडागरिरहने नियत रहेको जुन जिल्ला प्रशासन कार्यालय तथा सरकारलाई ठाडो चुनौती हो भन्नुहुन्छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्र्यालय अहिले गोदाघर निर्माणको जग्गा खरिद, केन्द्रीय रक्तसञ्चार केन्द्रको भवन निर्माण, भूकम्प पुरनरलाभ कार्यक्रम अन्त्तर्गत १४ जिल्लाहरुमा निमार्ण भएको खानेपानी योजनाहरुमा भएको भष्ट्रचार, करछली, देशभर सवारी साधनहरु नविकरण नगरि गैरकानूनी रुपले सवारी सञ्चालन गरेको, देशभरका रहेको घरजग्गाको कर तथा घर जग्गाभाडा कर नतिरेको लफडामा परेको छ । जुन पछिल्लो प्रकरण हो सवारी साधन नबिकरण नगरी यातायात सञ्चालन गरेको अभियोग लागेको छ ।

२०७६ असोज १६ गते यातायात व्यबस्था कार्यालय साना ठुला सवारी प्रदेश नम्बर ३ एकान्तकुना ललितपुरले प.स. ०७६७७ तथा च.नं १७९ अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय अन्त्तर्गत ७७ वटै जिल्ला शाखा ७ प्रदेश, उपशाखाहरु साथै केन्द्रीय कार्यालयहरूमा ५ सय भन्दा बढी मोटर साईकल, १ सयभन्दा बढी जिप, माईक्रोबस, ट्रक साथै १ सयभन्दा बढी एम्बुलेन्स जस्ता सवारी साधनहरुले सवारी कर तथा नविकरण नगरी यातायातका साधन गैरकानूनी रुपले सञ्चालन गरिरहेको उजुरीका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ, काठमाडौंलाई नेपाल रेडक्रस सोसाइटीको नाममा रहेका सवारी साधनहरुको सवारी दर्ता किताब नविकरण नगरी सञ्चालन गरेको भन्ने उजुरी प्राप्त हुन आएकाले उक्त सोसाइटीको नाममा रहेका सवारी साधनहरुको सवारी दर्ता किताब चेकजाँच गरी नविकरण नगरी सञ्चालन गरको पाईएमा कारवाहीका लागि यस कार्यालयमा पठाईदिन हुन अनुरोध छ भनेर पत्राचार गरेको छ ।

ट्राफिकले कर नतिरी सवारी सञ्चलन भएको पाइएमा कडा कार्वाही गर्ने बताएको छ । कर नतिरेको नविकरण नगरेका ती सवारी साधनहरुलाई चेक जाँचगरी त्यस्तो नपाईएमा “सवारी तथा यातायात व्यबस्था ऐन, २०७५ (पहिलो सँशोधन २०५०)” को दफा ३१ उपदफाहरू (१) (४) र दफा ३४ अनुसार तत्काल आबश्यक कारबाहीको लागि पठाईने र नेपाल रेडक्रस सोसाइटीको लोगो तथा चिन्ह अडिकत सवारी साधनहरुलाई विशेष चेक जाँच गर्ने मातहतका निकायहरु उपत्यका, प्रदेश, जिल्लाहरुका कार्यालयहरुलाई जानकारी निर्देशन दिएको बताउनु हुन्छ महानगरीय टाफिक महाशाखाका सहप्रवक्त डिएसपि पदमबहादुर विष्ट ।

“सवारी तथा यातायात व्यबस्था ऐन, २०७५ (पहिलो सँशोधन २०५०)” को दफा ३१ उपदफाहरू (१) (४) र दफा ३४ मा के रहेको छ पढनुहोस ।

दफा ३१. दर्ताको प्रमाणपत्र नवीकरण : (१) दफा १६ को उपदफा (४) बमोजिम दर्ताको प्रमाणपत्रमा लेखिएको म्याद नाघेको तीन महीनाभित्र दर्ताको प्रमाणपत्र नवीकरण गराईसक्नु पर्छ ।

(२) सवारी धनी वा निजले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम दर्ताकोप्रमाणपत्र नवीकरण गराउनको लागि तोकिएको दस्तुर संलग्न राखी दर्ताको प्रमाणपत्रअधिकार प्राप्त अधिकारी समक्ष पेश गर्नु पर्छ ।तर कूटनीतिक सुविधा प्राप्त सवारीको दर्ताको प्रमाणपत्र नवीकरण गर्न कुनैदस्तुर लाग्ने छैन ।

(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दर्ताको प्रमाणपत्र पेश हुन आएमाअधिकार प्राप्त अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र अर्को एक वर्षको लागि नवीकरणगर्नु पर्छ ।

(४) उपदफा (१) बमोजिमको म्याद नाघी दर्ताको प्रमाणपत्र नवीकरण गराउनआउने सवारी धनीबाट नवीकरण दस्तुरको अतिरिक्त सो म्याद नाघेको एक वर्षसम्मएकसय प्रतिशत, दुई वर्षसम्म दुईसय प्रतिशत, तीन वर्षसम्म तीनसय प्रतिशत, चार वर्षसम्म चारसय प्रतिशत र पाँच वर्षसम्म पाँचसय प्रतिशत दस्तुर समेत लिई त्यस्तादर्ताको प्रमाणपत्र नवीकरण गर्नु पर्छ ।

दफा ३४. दर्ताको प्रमाणपत्र स्वतः रद्द हुने : (१) दफा ३१ को उपदफा (४) बमोजिम निर्धारितअवधिसम्म पनि नवीकरण नगराएको दर्ताको प्रमाणपत्र स्वतः रद्द हुनेछ ।

(२) उपदफा (१) बमोजिम दर्ताको प्रमाणपत्र रद्द भएको सवारीको लगत दर्ताकिताबबाट कट्टा हुनेछ ।

(३) उपदफा (२) बमोजिम दर्ता किताबबाट लगत कट्टा भईसकेका दर्ताकोप्रमाणपत्र नवीकरण गरिने छैन ।

३५. पुनःपुनः दर्ता हुन सक्ने : दफा ३४ बमोजिम दर्ताको प्रमाणपत्र रद्द भई लगत कट्टा भएकोसवारी पुनः दर्ताको लागि ल्याएमा दफा ३१ बमोजिम लिन बाँकी नवीकरण दस्तुर तथाथप दस्तुरको अतिरिक्त जति वर्षपछि दर्ताको लागि ल्याएको हो त्यति वर्षको लागि दफा ३१ को उपदफा (४) बमोजिमको थप दस्तुरको दोब्बर जरिवाना समेत लिई त्यस्ता
सवारी दफा १६ बमोजिम दर्ता गरी सवारी धनीलाई अर्को दर्ताको प्रमाणपत्र दिनु पर्छ ।

नेपाल रेडक्रस केन्द्रीय कार्यालय तथा उपत्यका भित्रका जिल्ला शाखाहरूले नविकरण नगरी चलाईरहेका सवारी साधन जीप, कार, माइक्रोबस, ट्रकहरूको विबरण यसप्रकार छन्ः

बा.१च.७६३५, बा.६ च.६६४८, बा.१६च. बा३च.२८५, बा.३च.१७०१, बा. २ख.१५७७, बा.७च.४५०६, बा६च.९१७५,बा.१०च २८५८,बा२च ९९५८,बा.५च,९९४०, बा१०च ५०३६,बा।१३च ९३३६,बा २च ७६०५, बा२च ९६१९, बा१३च.५९३८, बा६च३२११, बा१ख ५०१८, बा४च ७४३०, बा१४च७२१, बा११च९९४४, बा६च ३२१२, बा१७च ५११९ ।

नेपाल रेडक्रस सोसाइटीको उद्देश्य, काम कर्तव्य र जिम्मेवारीहरूमा गैरनाफामूलक सँस्था भनेर उल्लेख भए पनि सोसाइटीको व्यापार व्यबसायको श्रृखला लामो छ ।

केन्द्रीय कार्यालयमा भवनहरु विभिन्न दातृ निकायहरुलाई भाडा, स्टेशनरी मसलन्दको पसल, बनेपा बुडोलमा होटल लज, अधिकाश जिल्लाहरु आय मूलक भवनहरु, जिरो प्रतिशत भन्सारमा भित्रिएको सवारी साधनहरु आयमूलक रुपमा सञ्चालन गरिएको छ । तर सोसाइटीले अन्य गैरसरकारी सँस्थाले झै बार्षिक बचत नाफामा कर नतिरेको, करछली गरेको उजुरीको पश्चात गतवर्ष नेपाल रेडक्रस सोसाइटीलाई आन्तरिक राजश्व कार्यालय कालिमाटीले गत आ।व ०७४।७५ मा नाफा तथा बचतमा ६८ लाख ६६ हजार ७ सय ८८ रुपैया २७ पैसा अशूली गरेको थियो । भने भूकम्प पुनरलाभ कार्यक्रममा आएको बजेटबाट १४ जिल्ला शाखा र केन्द्रीय अध्यक्ष लगाएतले अनोरियम भनेर खाएको रकममा १५ प्रतिशत कर लगाई २० लाख भन्दा बढी रकम अशुल गरेको थियो ।

स्मरण रहोस नेपाल रेडक्रस सोसाइटीे केन्द्रीय कार्यसमितिको चारवर्षे अवधि म्याद २०७५ चैत्र मसान्तमा समाप्त भईसकेको छ । भने जिल्ला प्रशासन कार्यालयमा दर्ता नविकरण म्याद २०७६ असान्तमा सकिएको सबै गैर सरकारी सँस्थाहरुलाई झै दर्ता नविकरण अवधि २०७६ असोज मसान्तसम्मको ९० दिनको म्याद पनि यही ३० गते समाप्त हुदैछ ।

अब नेपाल रेडक्रसको नविकरण हुनलाई १५ सय उपशाखा, ७७ जिल्ला शाखा, ७ प्रदेशहरु र केन्द्रीय कार्यालयको लेखा परिक्षण प्रतिबेदन अनिवार्य हुनेछ । उक्त निकाएहरुले आफनो प्रतिबेदनमा घरजग्गा र घरभाडाकर, सवारी नविकरण र बचत नाफाको २५ प्रतिशत आयकर अनिवार्य तिरेको उल्लेख हुनुपर्ने आन्तरिक राजश्व कार्यालय कालिमाटीका कर प्रमुख लवकुमार थापा बताउनु हुन्छ । यो नेपाल रेडक्रसको लागि निकै ठुलो चुनौति हुने बिज्ञहरुको भनाई छ ।