रौतहट, १६ साउन । पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले पत्रकार फणि महतको उपचारमा सहयोग गर्न सरकार संग आग्रह गर्नुभएको छ । उहाँले जीवन र मृत्युको दोसाँधमा जुधिरहेका पत्रकार फणि महतको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिरहनुभएको महतलाई यतिवेला पुनः सोही समस्या बल्झिएको छ ।
उहाँले केही समयअघि चिकित्सकको सुझावअनुसार भारतको नयाँ दिल्ली गएर पनि उपचार गराउनुभएको थियो । तर, गम्भीर आर्थिक अभावको कारण उपचारमा बाधा सिर्जना भएको छ । लामो समय पत्रकारितामार्फत आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै देश र जनताको हितको लागि निर्भिक रही सधैं सही र तथ्यपरक सूचना सम्प्रेषण गरेर महत्वपूर्ण योगदान दिनुभएको निष्ठावान पत्रकार महतको उपचारमा वर्तमान सरकारले विशेष पहल लिएर आर्थिक सहयोग प्रदान गरोस अध्यक्ष साहले माग गर्नुभएको हो ।
सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङमार्फत महतको उपचारको लागि तत्काल सहयोग राशि घोषणा गर्न पूर्व मन्त्री साहले सरकारसमक्ष माग गर्नुभयो । साथै, सहयोगी मनलाई उहाँको उपचारमा सहयोग गरिदिनुहुन हृदयदेखि नै अपिल गर्दछु उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पत्रकार फणि महत अनपुर्ण पोस्ट दैनिकको रौतहट सम्बादाता तथा चन्द्रनिगापुरबाट संचालित रेडियो सुप्रीमका अध्यक्ष हो । उहाँ नेकपा एमाले निकट प्रेस चौतारीका मधेश प्रदेशका अध्यक्ष हो ।
प्रतिक्रिया दिनुहोस्