नयाँदिल्ली, ३० साउन । भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोल्नुभएको छ । उहाँले भन्नुभयो,‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ ।’ उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत पुग्नुभएको थियो । त्यसपछि उहाँ यहीँ हुनुहुन्छ ।
शेख हसिनाको यो बयान उहाँका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ । शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गर्नुभएको छ । मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो । यसैबिच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा रद्द गरेको छ ।
हसिनाले आन्दोलनमा मारिएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । हसिनाले विज्ञप्तिमा भन्नुभयो, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु। उनिहरु सँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाउनुको पीडा सँग जिउदै छन ।’ आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भन्नुभयो,‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु ।’













प्रतिक्रिया दिनुहोस्