जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार १४:४९

नेपाल आएलगत्तै अमेरिकी उपविदेशमन्त्री बर्माले भेटे प्रधानमन्त्री ओली, यस्तो छ बार्ताको चुरो कुरो


काठमाडौं, साउन ३२ । नेपाल भ्रमणका आउनु भएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप विदेशमन्त्री रिचार्ड आर वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

अमेरिकी उपबिदेशमन्त्री बर्मा आज अपरान्ह सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएको हो । आजै काठमाडौं आइपुग्नुभएका उपमन्त्री बर्माले परराष्ट्र मन्त्री डा. आरजु राणासहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

आफ्नो नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने तय भएको छ ।