जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार १५:५०

परराष्ट्रमन्त्री राणासँग अमेरिकी उप–विदेशमन्त्री बर्माको भेटवार्ता


काठमाडौं, ३२ साउन । अमेरिकी व्यवस्थापन र संसाधनका लागि उपविदेश मन्त्री रिचार्ड वर्माले परराष्ट्रमन्त्री डा।आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएको छ । आज परराष्ट्रमन्त्री देउवा र उपविदेश मन्त्री वर्माबीच भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध र सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देश बिचको सम्बन्ध र अमेरिकाद्वारा जारी विभिन्न परियोजना तथा एमसीसी लगायतका विषयमा कुराकानी भएको जनाएको छ । आजै काठमाडौं आउनुभएको उपविदेश मन्त्री बर्माले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए ।