जनता टाइम्स

३२ श्रावण २०८१, शुक्रबार १५:५४

सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिम ताल फुटेको आशंका


सोलुखुम्बु, ३२ साउन । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा बाढी आएको छ भने हिम ताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ ।

दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ । हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।