जनता टाइम्स

२ भाद्र २०८१, आईतवार १६:०८

पुर्व डिआजी खरेलले भ्रष्टचार गरेको भन्दै अख्तियारमा उजुरी


काठमाडौं, २ भदौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा सामाजिक अभियन्ता रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पुर्व प्रहरी अधिकृत खरेलविरुद्ध आज सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गर्नुभएको हो ।

अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाउँदै उजुरी दिनुभएको हो । खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वाताको क्रममा बताउनुभएको थियो ।

वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलको छ । गत निर्वाचनमा उहाँ राष्टिय स्वतन्त्र पार्टीको तर्फवाट बारा(२ मा प्रतिनिधिसभाको उम्मेदवारसमेत थिए । पछि उहाँले राजिनामा दिएर हिड्नुभएको थियो ।