काठमाडौं, ५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटको हल्ला स्थायी कमिटी बैठकले खारेज गरिसकेको टिप्पणी गर्नुभएको छ । आजदेखि सुरु भएको बागमती प्रदेश परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला स्थायी कमिटीको बैठकले खारेज गरेको स्पष्ट गर्दै यस विषयमा मिडिया ट्रायल नगर्न पनि नेताहरुलाई सचेत गराउनुभएको छ ।
भोलिसम्म चल्ने यस बैठकमा पार्टीका बागमती प्रदेशका केन्द्रीय सदस्य र सांसदहरु सहभागी रहेका छन् । यस बैठकले पार्टीको आगामी कार्यदिशा र रणनीति बारे सुझाव दिने बताइएको छ । गत साउन २५ देखि ३१ गतेसम्म चलेको स्थायी समिति बैठकले प्रदेश परामर्श समितिको बैठक बस्ने निर्णय गरेअनुसार माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श बैठक आजदेखि शुरु भएको छ । माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक अघि सातै प्रदेशको परामर्श बैठक गर्ने भएको छ ।













प्रतिक्रिया दिनुहोस्