काठमाडौं, भदौ १३ । नेकपा एमालेका नेता रघुजी पन्तले माओवादीले गरेको जनयुद्ध राजनीतिक बिचारमा आधारित हिंसा नै भएको ठोकुवा गर्नुभएको छ ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा एमाले सचिव योगेश भट्टराईले प्रस्तुत गर्नुभएको बिचारलाई लिएर माओवादी सांसदले आपत्ति जनाएपछि एमाले नेता पन्तले हिंसाको परिभाषा धेरै हुने भन्दै माओवादीले गरेको जनयुक्त राजनीतिक बिचारमा आधारित हिंसा नै भएको ठोकुवा गर्नुभएको हो ।
माओवादी हिंसालाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि संक्रमणकालीन न्यायको बिषय आएको उहाको भनाइ छ । उहाले हिंसा शव्द गैरसंसदीय नभएको पनि प्रष्ट पार्नुभयो । हिंसा शव्द गैरसंसदीय हुने पुष्टि गर्न उहाले माओवादीलाई चुनौति दिनुभयो । बुधबारको संसद बैठकमा हिंसा शव्दका कारण एमाले र माओवादी सांसदबीच विवाद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्