काठमाडौं, असोज ११ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यका भएर बग्ने सवैनदीहरुमा पानीको सतह ह्वात्ते बढेको छ ।
बर्षापछि कुलेश्वर, बल्खुलगायतका क्षेत्रमा पानीको सतह बढेर नदी आसपासको क्षेत्र डुबानमा परेको छ । यस्तै खोकाना, गौरीघाट, बल्खु खेला, विष्णुमती गोङ्गबु बसपार्क जल मापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बिभागले पानी परिरहेकोलले नदीको सतह अझ बढ्ने सम्भावना रहेको भन्दै सतर्क रहन र रात्रिकालीन यात्रा नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्