जनता टाइम्स

१३ आश्विन २०८१, आईतवार १३:४०

सरकारले सबै सामर्थ्यका साथ बिषम परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल


काठमाडौं, असोज १३ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताउनु भएको छ ।

चीन भ्रमण पूरा गरी आइतवार स्वदेश फर्किनु भएका अर्थमन्त्री पौडेलले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गर्नुभयो । उहाँ विमानस्थलमा सिधै अर्थ मन्त्रालय पुगेर बाढीपीडितको उद्धार तथा राहतको छलफलमा जुटनु भएको छ ।

चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल असोज ७ गते बेइजिङतर्फ प्रस्थान गर्नुभएको थियो ।