जनता टाइम्स

२६ आश्विन २०८१, शनिबार १८:५९

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलबाट टीका


काठमाडौं, असोज २६ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइ दिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि प्रधानमन्त्री ओलीसहित अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा लगाइ दिनुभएको हो ।

टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलगायत टीका लगाइमाग्न राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।