जनता टाइम्स

२७ आश्विन २०८१, आईतवार ०८:५२

अरनिको राजमार्गमा सुख्खा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध


काभ्रेपलाञ्चोक, असोज २७ । अरनिको राजमार्गमा सुख्खा पहिरो गएर सडक अवरुद्ध बनेको छ ।

काभ्रेका पत्रकार केशवराज पौडेलले जनाएअनुसार आज बिहान अरनिको राजमार्गमा पर्ने ५० किलोमा सुख्खा पहिरो गई सडक पूर्णरुपमा अबरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउने प्रयाश भइरहेको प्रहरीले जनाएको छ ।