काठमाडौं, कात्तिक १२ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अप्नाउने कुरामा बर्तमान सरकार प्रष्ट रहेको बताउनु भएको छ ।
सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्न भ्रष्टाचारलाई पूर्णरुपमा निर्मूल गर्न कानुन र विधयेकहरू प्रस्तुत भएको बताउनु भयो ।
‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो बिद्येयकलाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘यी विधयेक प्राथमिकतामा छन, तुरुन्त पारित गरेर कानून बनाउनु पर्छ।’
उहाँले आउँदो अधिवेशनबाट पूर्णरूपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गर्नुभयो ।
‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनसम्बन्धी ऐनलाई समसामयिक रूपले परिमार्जन र संशोधन गर्न विधयेकहरू प्रस्तुत गरिएका छन । जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्