अर्घाखाँची, कात्तिक १३ । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादको रूपमा मासु खाँदा २८ जना बिरामी परेका छन ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लका अनुसार सन्धिखर्क नगरपालिका १ तारामार्ग निवासी दिपक केसीको आइतबार देउराली पूजाको प्रसादका रुपमा मासु खाएका २८ जना बिरामी परेका हुन । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
बिरामीहरुमा झाडापखाला, बान्ता , ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनु भयो । उनीहरु सबैको अबस्था सामान्य रहेको छ । आइतबार रातिदेखि विरामी परेका उनीहरू सोमबार दिउँसो ४ बजे उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । फुड पोजनका कारण विरामी परेको डाक्टर तिवारीको भनाइ छ ।
बिरामीहरूमध्ये अहिले २५ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको छ । २ जना उपचारपछि निको भएर घरमा फर्किएका छन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्