काठमडौं, कात्तिक १४। नेपालमा हत्या गरेर फरार रहेका एक अभियुक्त तीन बर्षपछि कतारमापक्राउ परेका छन । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका ११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई कतारमा पक्राउ गरेर मङ्गलबार नेपाल ल्याइएको जानकारी दिनुभयो ।
अभियुक्त राई २०७८ मङ्सिर ३ गते पत्नी शर्मिला तामाङ राईको हत्या गरेर फरार भएका थिए । अभियुक्त राईलाई पक्राउ गर्न विसं २०८१ जेठ ३२ गते इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।
‘हत्यालगत्तै प्रहरीले अभियुक्त राईलाई खोजी गरिरहेको र उनी कतारमा लुकिछिपी बस्दै आएको थाहा पाएपछि इन्टरपोलबाट रेडकर्नर नोटिस जारी गराइएको थियो । राईमाथि धुलावारी इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्