विराटनगर, कात्तिक १४ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा मात्रै हुने प्रष्ट पार्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सत्तारुढ दल एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो जनाउ दिनुभएको हो । पत्रकार भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने बताउनु भयो ।
‘संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि हो,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो । मुलुक अप्ठ्यारो अवस्था तथा चरम शङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ थियो ।
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया अघि बढाएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्