काठमाडौं, कात्तिक १६ । तिहारको मुख्य दिन लक्ष्मी पूजा बिहीवार साँझ घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका हुन।
घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ। लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।
लक्ष्मी पूजापछि घरघरमा बालिएको बत्तीका कारण संघीय राजधानी काठमाडौं उज्यालो देखिएको छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको कारण मध्यरातमा पनि रौकन छाएको थियो ।

























प्रतिक्रिया दिनुहोस्