काठमाडौं, कात्तिक ५
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरिएका गुणराज लोहनी पक्राउ परेका छन् । लोहनीलाई सादा पोसाकमा खटिएका प्रहरीले मंगलबार बिहान चितवनबाट पक्राउ गरेको हो ।
लोहनीको स्वास्थ्य समस्या देखाउँदै पार्टीले जिम्मेवारीबाट मुक्त गरिएको सोमबार विज्ञप्तिमार्फत जानकारी गराएको थियो । प्रहरी केही समयदेखी नै लोहनीलाई खोजी गर्दै आईरहेको थियो । सादा पोसाकमा आएका प्रहरीले पक्राउ गरी लगेको लोहनीकी श्रीमती सरला रेग्मीले जानकारी दिनुभयो ।
आतंक मच्चाएको भन्दै चन्द नेतृत्वको नेकपामाथि सरकारले गत फागुनमा प्रतिबन्ध लगाएको थियो । त्यसयता चन्दका नेता, कार्यकर्तामाथि प्रहरीले निगरानी गर्दै आएको छ । अहिलेसम्म विभिन्न तहका दर्जनौं नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्