जनता टाइम्स

१६ फाल्गुन २०८१, शुक्रबार १९:१९

विकासका लागि शान्ति आवश्यक : प्रधानमन्त्री ओली


काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि शान्ति आवश्यक रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तेस्रो नेपाल–जापान फ्रेन्डशिप समिट–२०२५ मा सहभागी हुन नेपाल आएको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले युद्धले विनाश गर्ने र शान्तिले विकास गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विश्वमा शान्ति छाओस् भन्ने नेपालको प्रबल इच्छा र सक्रिय प्रयास रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाल र जपानबीचको सम्बन्ध अहिले बहुआयामिक ढङ्गले अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्रीले तेस्रो नेपाल–जापान फ्रेन्डशिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताउनुभयो । गएको एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेले गएको बुधवारदेखि आजसम्म कार्यक्रम आयोजना गरेको हो ।