जनता टाइम्स

२४ फाल्गुन २०८१, शनिबार १४:२६

जतिसुकै डोरी लगाएर ताने पनि अहिलेको सरकार ०८४ सम्म ढल्दैन : भानुभक्त ढकाल


काठमाडौं, फागुन २४ । नेकपा (एमाले) को स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सरकार ढल्ने सपना पूरा नहुने प्रस्ट तस्वीर देखाउनु भएको छ ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश समितिको दोस्रो अधिवेशनमा बोल्दै यस्तो बताउनु भएको  हो।

संयोजक ढकालले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले नचाँहासम्म अरुले डोरी लगाएर हल्लाए पनि नढल्ने बताउनु भयो ।

उहाँले सरकार ढल्छ भन्ने, ढल्यो भन्नेहरुलाई दुई पटक ढल्ने भन्दै व्यङ्ग्य गर्नुभयो । उहाँले विग्रिएको घडीले समेत दुई पटक सहि समय दिने भन्दै यो सरकार सात बुँदे सहमति अनुसार देउवालाई हस्तान्तरण गर्ने बेलामा र ०८४ को नयाँ निर्वाचनपछि अर्को सरकार बनाउन ढल्ने दाबी गर्नुभयो ।

उहाँले अहिले बलियो सरकार रहेकाे भन्दै सञ्चार क्षेत्रका समस्या समाधानका लागि दिएका सुझाव छलफलका माध्ययमबाट लागू गर्ने कुरामा सरकार सकारात्मक रहने पनि बताउनुभयो । उहाँले ०८४ को निर्वाचनमा एकल चुनाव लड्ने पनि बताउनुभयो ।

उहाँले जनसंगठनका अध्यक्षको गरिमालाई प्रभावकारी बनाउन जनसंगठनहरुका कार्यक्रममा सोही संगठनका अध्यक्षलाई प्रमुख अतिथि बनाउने प्रयासको थालनी गरेको पनि बताउनु भयो ।

कार्यक्रम आयोजना गर्ने जनसंगठनहरुका सम्मेलन, अधिवेशनहरुमा आयोजकहरू भन्दा  वक्ताहरुअरुअरु नै बढी हुने र अन्तिममा अध्यक्षको मर्यादा नै ओझेल पर्ने भएकाले  नयाँ प्रावधानको व्यवस्था गरेको उहाँको भनाइ थियो ।

उहाँले कार्यक्रमहरुमा धेरै वक्ता राख्ने कुरा पनि  सामन्तवादको अवशेष भएको उल्लेख गर्नुभयो । उहाँले याे नयाँ अभियान भएकाले जागरण ल्याउने अभियान भएको पनि उल्लेख गर्नुभयाे । राम्रो कामकाे अनुसरण गर्नुपर्छ भन्दै यो अभियान जोगाउन अभियानमा हामी सबै लाग्नुपर्छ भन्नुभयो 

ठूलो कमिटी र  पदाधिकारीकाे भारिले थिचिएकाे भन्दै त्यसलाई सुधारेर नयाँ  प्रणालीमा ल्याएकाे उल्लेख गर्नुभयाे । अनुसुचि ए र  वि राखेर प्रणाली बनाएकाे भन्दै अब ए मा १५१ र वि मा ९९ अङ्कसम्म बनाउने व्यवस्था रहेकाे उहाँको भनाइ छ । उहाँले चाैतारीलाई पनि विधान संशाेधनमा याे ख्याल गर्न आग्रह गर्नुभयाे ।

याे सकारात्मक व्यवस्था रहेकाे भन्दै अब ९ पदाधिकारीको व्यवस्था हुने पनि बताउनुभयो। उहाँले ९ पदाधिकारीमा आर्थिक हेर्ने गरि सचिवको समेत व्यवस्था गर्न सकिने उल्लेख गर्नुभयो। उहाँले सम्मेलनबाट आउँदा परिभाषित जिम्मेवारीमा आउने गरी यस्तो व्यवस्था गरेकाे समेत उल्लेख गर्नुभयाे ।

०८१ भित्र १६ वटा नजनवर्गीय  संगठनकने सम्मेलन गर्ने तयारी भएको भन्दै १६ मध्ये चौतारीले तेस्रो सम्मेलन गर्न लागेकाे भन्दै  सर्वसम्मत नेतृत्व चयनमा ध्यान दिनेमा आशावादी रहेकाे बताउनुभयाे । उच्चसमझदारीका साथ सहमतिमा नेतृत्व चयन हुने छ र सर्वसम्मत उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्नेमा चाैतारी लाग्ने छ भन्नेमा पनि आशावादी छु ।  उहाँले अरुले भन्दा राम्रो र गतिशील काम गर्न सञ्चार क्षेत्रमा लागेका साथीहरू लाग्नुहुने छ भन्ने पनि आशा रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा चौतारीका इन्ञार्ज तथा पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम सञ्चार विधेयक सञ्चारकर्मीको हितमा हुने गरि आउने प्रतिवद्ता व्यक्त गर्नुभयो।

चौतारी अध्यक्ष गणेश बस्नेतले म बाहेक सबै रुपान्तरण हुने भन्ने होइन पहिला म रुपान्तरण हुने अनि अरु रुपान्तरण गर्ने गरि लाग्नुपर्छ भन्ने उदेश्यसहित चौतारी लागेको वताउनुभयो।

हाम्रो कमजोरी के ? के सुधार गर्नुपर्छ भन्ने  पहिचान गरेर अघि बढेको पनि उल्लेख गर्नुभयो । तथ्यका आधारमा सत्य स्थापित गर्ने गरि लागेको पनि उल्लेख गर्नुभयो ।

हरेक क्षेत्रमा समस्या रहेको भन्दै आफनो कमजोरीका बारेमा ख्याल नगर्ने रोग हामीमा पनि भएको भन्दै सुधार गर जानुको विकल्प नरहेको उल्लेख गर्नुभयो। उहाँले गणतन्त्रको फल जनताको विचमा पुर्याउनुपर्छ भनेर दुई ठूला दल नेपाली कांग्रेस र एमालेन नेतृत्वको सरकार बनेको पनि उल्लेख गर्नुभयो।

उहाँले समृद्ध मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिकामा हुनपर्छ भन्नेमा चौतारी दुविधामा नरहेको पनि उल्लेख गर्नुभयो।

उहाँले मर्यादित पत्रकारिता गर्न सबैलाई आग्रह गर्नुभयो।

नेपाली प्रेस ०६४-०६५ देखि अराजकतातिर लागेको हो कि भन्दै त्यो सधैंभरी नचल्ने उल्लेख गर्नुभयो। उहाँले अराजकतालाई प्राेत्साहन दिएर अघि बढ्न नसक्ने दाबी गर्नुभयो । उहाँले एक-अर्का संगठनका सकारात्मक कामको अनुशरण गरेर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

‘सञ्चारका मुद्दामा अहिलेको नेतृत्वको सरकारले स्वतन्त्रता हनन् हुने, मानवअधिकार हनन् हुने काम गर्ने छैन । त्यो गर्यो भने हामी एकजुट भएर लाग्नेछौ । उहाँले चौतारी गुट विहिन रहेको भन्दै सबै ठाउँमा सहमतिमा नेतृत्व चयन भएको स्मरण गराउनुभयो । केही ठाउँमा चुनाव भए पनि त्यहाँ समेत सौहार्दपुर्ण वातावरणमा भएको समेत स्मरण गराउनुभयो ।

उहाँले नागरिकलाई भन्दा बढी अधिकार प्रेसलाई चाहिन्छ भन्ने किताब कहिँ नपढेको पनि उल्लेख गर्नुभयो । उहाँले समाचार लेखेकै भरमा लगाउने साइवरक्राइमको मुद्दाका विषयमा पनि उहाँले आफ्नो विमति रहेको उल्लेख गर्नुभयो।

उहाँले षड्यन्त्रमुलुक ढंगले आफुमाथि लगाएको मुद्दा जितेको पनि उल्लेख गर्नुभयो। उहाँले लड्नु पर्ने ठाउँमा भाग्ने अनि नलड्नु पर्ने ठाउँमा विज्ञप्ति निकाल्ने महासंघ पनि अब सुर्धिनेमा आशावादी रहेको वताउनु भयो ।

कार्यक्रममा चौतारीका पदाधिकारी, एमाले वाग्मतीका उपसचिव भक्तकुमारी लामा, प्रेस युनियन, प्रेस सेन्टरलगायतका प्रतिनिधिले पनि बोल्नु भएको थियो ।