काठमाडौं, फागुन २८ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनका लागि निर्वाचन हुने आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा सर्वसम्मत सभापति निर्वाचित भएका छन ।
हालसम्म प्राप्त आंकडा अनुसार नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु पहिलो स्थानमा रहेको छ । अनेरास्ववियुले ८२ मध्ये ३२ क्याम्पसमा स्ववियु सभापति निर्वाचित भएको जनाएको छ ।
यस्तै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघबाट २८ वटा क्याम्पसमा सभापति निर्विरोध भएको छ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट २१ र एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले एक क्याम्पसको सभापति हात पारेको छ ।
अनेरास्ववियुबाट कोशीमा चार, बागमतीमा आठ, गण्डकीमा ३, लुम्बिनीमा ७, कर्णालीमा तीन र सुदूरपश्चिममा ७ क्याम्पसमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन् ।
त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा ५ चैतमा हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । सम्बन्धन प्राप्तमा कतिपय क्याम्पसमा भने स्ववियु निर्वाचन हुने गरेको छैन । स्ववियु निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता भएको हो ।
यी हुन अखिलबाट सवृसम्मत सभापति
प्रतिक्रिया दिनुहोस्