काठमाडौं, चैत्र १ । नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ । छापावाला सुनको मूल्य एकैदिन तोलामा ४ हजार रुपैयाँले बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य २ हजार २० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्