काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिनुभएको छ । उपकुलपति बरालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाउनु भएको हो ।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन ।
बराल प्रोस्टेटका पीडित हुनुहुन्छ । बराल गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्