जनता टाइम्स

१७ चैत्र २०८१, आईतवार ०३:१२

गृहले परिवर्तन गर्यो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षामा खटिएको सशस्त्रको सेट


काठमाडौँ, चैत १७। पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको छ ।

गृह मन्त्रालयका उच्च अधिकृतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको हो ।

पहिलेको टिमको अवधि पुगेको जनाई  गृहले नयाँ टोली खटाइएको बताए पनि टीम परिवर्तनको शुक्रवारको हिंसात्मक घटना मुख्य कारण रहको छ । सशस्त्रले डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।

भीभीआईपी सुरक्षा कार्यविधि अनुसार पूर्वराजाले सशस्त्र प्रहरी बलको पछुवा गाडीसहित  १५ जना र नेपाल प्रहरीका दुई जना सुरक्षाकर्मी पाउने भए पनि बढी सुविधा लिएका छन ।