काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको सिफारिस बमोजिम ५/५ सदस्यीय पदाधिकारी नियुक्त गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
गुरुङका अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा सङ्खुवासभाका महेश थापा नियुक्त हुनुभएको छ । जसका सदस्यहरूमा क्रमशः जाजरकोटका अच्युतप्रसाद भण्डारी, पाँचथरका डा.टीकाप्रसाद ढकाल, जुम्लाका पदमबहादुर शाही र कञ्चनपुरकी कुमारी कौशल्य ओझा हुनुहुन्छ ।
यसै गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा तेह्रथुम लीलादेवी गड्तौला नियुक्त हुनुभएको छ । जसको सदस्यहरूमा सल्यानका गोपालनाथ योगी, झापाका अग्निप्रसाद थपलिया, काठमाडौंकी सृजना पोखरेल र कास्कीकी विनीता नेपाली नियुक्त हुनुभएको छ ।
उहाँहरूको तलब भत्ता र सुविधा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी सरह हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्