जनता टाइम्स

१८ चैत्र २०८१, सोमबार ०६:५८

मुस्लिम समुदायले ईद पर्व मनाउँदै, आज सार्वजनिक बिदा


काठमाडौं, १८ चैत्र ।   मुस्लिम समुदायले आज ईद उल फित्र मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास ९रोजा० को समापनमा मनाइन्छ ।

रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । सरकारले ईद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।