काठमाडौं, चैत १८। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।
नेकपा एकीकृत समाजवादी केन्द्रको आलोकनगर स्थित पार्टी कार्यालयमा पुगेर उहाँले कोइराला प्रति अन्तिम श्रद्धाञ्जली दिनुभएको हो । कोइरालाको गए राति उपचारको क्रममा अस्पतालमा निधन भएको हो । उहाँको आजै अन्तिम संस्कार गरिँदै छ ।
सो क्रममा ओलीले एकीकृत समाजवादीको पार्टी कार्यालय समेत अवलोकन गर्नुभएको थियो । राजावादीको नाममा पार्टी कार्यालयमा गाइएको क्षति बारे उहाँले जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्