जनता टाइम्स

१९ चैत्र २०८१, मंगलवार १२:०४

राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन


काठमाडौं, चैत १९। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा सासंद दीपक बोहराको निधन भएको छ ।

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्रीसमेत रहनु भएका सांसद बोहराको ७४ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।

काठमाडौंस्थित ओम अस्पतालमा उपचारको क्रममा बोहराको निधन भएको बताइएको छ । उहाँ रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुनुहुन्छ।

सांसद बोहराको शवलाई श्रद्धाञ्जलीका लागि आज गृहजिल्ला रुपन्देही लगिने बताइएको छ भने भोलि काठमाडौंस्थित पार्टी कार्यलयमा उहाँको शवलाई राखिने छ । राप्रपाका अनुसार उहाँको पशुपतिको आर्यघाटमा भोलि अन्त्येष्टि गरिने छ ।