जनता टाइम्स

१३ कार्तिक २०७६, बुधबार १४:०१

हिरासतमै बित्यो भिआइपी जुवाडेको तिहार : दुईले हिरासतमै लगाए भाइटिका, अन्यका दिदीबहिनी आएनन


काठमाडौं, कात्तिक १३ । काठमाडौंको महाराजगञ्जबाट गत आइतबार २ करोड ६७ लाख रुपैयाँ नगदसहित पक्राउ परेका २५ जना भीआईपी जुवाडेको तिहार प्रहरी हिरासतमै बितेको छ । जताततै हर्षोल्लाका साथ देउसीभैलो खेलिरहेको बेला जुवा भाइटीका आउन २ दिन अघि जुवा खालबाट पक्राउ परेका सवैको लक्ष्मी पुजा, भाइटिका हिरासतमै बितेको हो ।

जुवाखालबाट पक्राउ पर्ने भिआइपी जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी पक्राउ पर्नेमा हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन् ।

जुवाडेलाई थुनामा राखिएको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका अनुसार पक्राउ परेका २५ जनामध्ये २ जनाले मात्रै दिदीबहिनीको हातबाट भाइटीका लगाएका छन भने बाँकी २३ जनाले नलगाएको भाइटिका नै नलगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्यापारी पवित्र कुमार कार्की र कृष्णराज भण्डारीले आफ्नो दिदीबहिनीको हातबाट हिरासतमै भाइटीका लगाए । हिरासत बाहिर रहेर तिहार मनाउन सर्वाेच्च अदालतमा मुद्दा हाले पनि अदालतले सुनुवाई नगरेपछि उनीहरु सवै प्रहरी हिरासतमै बस्न बाध्य भएका हुन ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि सोमबार बिहान ११ देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको थियो । तिहारको चाड परेको भनेर एक जुवाडेकी आफन्त रेखा कुँवरले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । तर अदालतले सो मुद्दालाई गमभीरतापुर्वक नलिएको हो । महाराजगञ्जको पिपलमार्गबाट झण्डै ३ करोड रुपैयाँसहित पक्राउ परेका २५ जनालाई प्रहरीले सोमबार अदालत पुर्याए पनि समय अभावका कारण उनीहरुबारेमा सुनुवाइ हुन नपाएकाले प्रहरी हिरासतमै फर्काइएको थियो । सो रिटमा आज पक्राउ र थुना गैरकानुनी हो कि होइन भनेर बहस भइरहेको छ ।