काठमाडौं, २९ चैत्र । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोध्नुभएको छ ।
आचार्यले पदीय आचरण विपरीत काम गरेको भन्दै राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोध्नुभएका हो । जलस्रोत तथा सिंचाइ विभाग जावलाखेल ललितपुरले चैत २५ गते आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा मञ्चमा आसनग्रहणका लागि बोलाउँदा आचार्य बेवास्था गर्दै बाहिरिएको आरोप लगाइएको छ ।
कार्यक्रम बहिष्कार गरेर अनुशासन विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्री तामाङले बताउनुभएको छ । सचिव आचार्यलाई निजामती सेवा २०५९, को दफा ५९ बमोजिम कारबाही किन गर्ने भन्दै आचार्यलाई स्पष्टीकरण सोधिएको छ ।
प्रतिक्रिया दिनुहोस्