उच्च अदालत बिराटनगर, इलाम इजलाशले सफाइ दिँदै सधैँ पीडितको उमेरलाई हेरेर मात्रै पीडितलाई प्रलोभनमा पारी करणी गरेको हुन नसक्ने र त्यस्तोलाई जबरजस्ती भन्न नमिल्ने व्याख्या गरेको हो । ‘प्रेम सम्बन्ध रहेको दुई प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गर्छन भने त्यसलाई जबरजस्ती मान्न मिल्दैन,’ हालसालै सार्वजनिक भएको न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ ।
इलाम, बैशाख १ । उच्च अदालतले प्रेममा सहमतिको यौन सम्बन्ध जबरजस्ती करणी नभएको ब्याख्या गरेको छ । उच्च अदालत विराटनगरको इलाम इजलासले प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडीले आपसी सहमतिमा गरेको यौन सम्बन्धलाई जर्बजस्ती मान्न नमिल्ने व्याख्या गरेको हो ।
मुलुकी अपराधसंहिता २०७४ ले नाबालिग उमेर १८ वर्षसम्म कायम गरेको छ । संहिताको दफा २१९ (२) ले कुनै महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार मानिने व्याख्या गरिएको छ । सोही उपदफामा किशोरी नाबालिग भएमा भने सहमतिकै सम्बन्ध पनि बलात्कार हुने व्याख्या गरिएको छ । सो उपदफामा भनिएको छ, ‘…वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’
उपदफा ३ (घ) मुलुकी संहिताले त्यसरी नाबालिगसँग सहमतिमै सम्बन्ध राखे पनि जबरजस्ती करणी हुने र करणी गर्ने व्यक्तिलाई १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । उक्त कानुनी व्यवस्थाको अपब्याख्या वा दुरुपयोग गरी आपसी प्रेम, अन्तरजातीय विवाह र परिवारको सहमतिविना भएका विवाहका कारण कतिपय व्यक्तिहरूले मुद्दा खेप्नुपरेको छ । उच्च अदालत विराटनगर, इलाम इजलासले तर कानुनको उक्त व्यवस्थाको प्रतिकूल प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडीले आपसी सहमतिमा गरेको करणीलाई जर्बजस्ती मान्न नमिल्ने व्याख्या गरेको हो ।
१७ वर्षकी एक युवती (साइँली, परिवर्तित नाम), सांकेतिक नाम ‘र–३–०–०७८–०७९’ ले पाँचथर घर भई झापामा बस्ने २१ वर्षीय गोपाल अधिकारीविरुद्ध दिएको जबरजस्तीकरणी मुद्दामा उच्च अदालत बिराटनगर, इलाम इजलाशले सफाइ दिँदै सधैँ पीडितको उमेरलाई हेरेर मात्रै पीडितलाई प्रलोभनमा पारी करणी गरेको हुन नसक्ने र त्यस्तोलाई जबरजस्ती भन्न नमिल्ने व्याख्या गरेको हो । ‘प्रेम सम्बन्ध रहेको दुई प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गर्छन भने त्यसलाई जबरजस्ती मान्न मिल्दैन,’ हालसालै सार्वजनिक भएको न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ ।
पीडितको उमेर १७ वर्ष र प्रतिवादीको उमेर २१ वर्षको रहेको देखिए पनि दुई जनाबीच प्रेम सम्बन्ध रहेको तथ्य देखिएकाले यसरी प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गरेको देखिएको पूर्णपाठमा उल्लेख छ ।
‘न्याय सम्पादनको क्रममा पीडितको उमेरलाई सूक्ष्मताका साथ हेरिनुपर्छ । सोका बाबजुद सदैव पीडितको उमेरलाई हेरेर नै पीडितलाई प्रलोभनमा पारी प्रतिवादीले जबरजस्ती करणी गरेको निक्र्योल गर्न न्यायोचित हुँदैन अर्थात् प्रस्तुत मुद्दामा पीडितको उमेर १७ वर्ष भए पनि प्रतिवादीले पीडितलाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको देखिएन,’ उच्चको पूर्णपाठमा भनिएको छ, ‘निजहरू बिचको प्रेम सम्बन्धका आधारमा आपसी सहमतिमा करणी लिनदिन गरेको कार्यलाई पीडितको उमेरलाई मात्र आधार मानी निजहरू प्रेम सम्बन्धमा रही आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई अपराधीकरण गर्न न्यायको रोहमा मुनासिब नदेखिँदा प्रतिवादीलाई अभियोग दाबी बमोजिमको कसुर ठहर गरी सजाय गरेको सुरु फैसला कानुनसम्मत देखिएन ।’
यस्तो छ झापा घटनाको यथार्थ
साइँली १२ वर्षको उमेरदेखि झापामा फुपू (माइली) को घरमा बस्दै आएकी थिइन । फुपूले नै उनलाई लालनपालन र पढाउने काम गरिरहेका थिए । त्यसैक्रममा २०७९ वैशाख २२ गते बुधबार कसैलाई जानकारी नदिई घर छाडेर हिँडिन् । भदैनी हराएपछि फोन सम्पर्क पनि नहुँदा माइलीले स्थानीय बुधबारे प्रहरी कार्यालयमा निवेदन दिइन । वैशाख २३ गते साइँलीको फोन सम्पर्क भयो । उनले आफू बिर्तामोड भएको बताइन् ।
न्याय सम्पादनको क्रममा पीडितको उमेरलाई सूक्ष्मताका साथ हेरिनुपर्छ । सोका बाबजुद सदैव पीडितको उमेरलाई हेरेर नै पीडितलाई प्रलोभनमा पारी प्रतिवादीले जबरजस्ती करणी गरेको निक्र्योल गर्न न्यायोचित हुँदैन अर्थात् प्रस्तुत मुद्दामा पीडितको उमेर १७ वर्ष भए पनि प्रतिवादीले पीडितलाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको देखिएन,’ उच्चको पूर्णपाठमा भनिएको छ, ‘निजहरू बिचको प्रेम सम्बन्धका आधारमा आपसी सहमतिमा करणी लिनदिन गरेको कार्यलाई पीडितको उमेरलाई मात्र आधार मानी निजहरू प्रेम सम्बन्धमा रही आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई अपराधीकरण गर्न न्यायको रोहमा मुनासिब नदेखिँदा प्रतिवादीलाई अभियोग दाबी बमोजिमको कसुर ठहर गरी सजाय गरेको सुरु फैसला कानुनसम्मत देखिएन ।’
माइलीले आफूले प्रहरीमा निवेदन दिएको बताउँदै तत्काल घर आउन भनिन । बिहान १०ः३० बजे उनी प्रेमी गोपालसहित प्रहरी कार्यालय आइपुगिन । गोपाल झापाको बुधबारेमा बसेर कक्षा ११–१२ मा पढिरहेका थिए । त्यसैक्रममा उनी टायम लेस होटलमा काम पनि गर्दै आएका थिए । कक्षा ११ पढ्दादेखि नै साइँलीसँग उनको चिनजान भएको थियो । उनले बयानमा भनेका छन्, ‘कक्षा ११ पढ्दादेखि नै उनीसँग चिनजान थियो । हामी म्यासेन्जरमा बोल्थ्यौँ, कहिलेकाहीँ भेटघाट पनि हुन्थ्यो । उनले मलाई तपाईलाई माया गर्छु भन्थिन, मैले पनि असाध्यै माया गर्थें ।’
तालुको कपाल झरेकाले कपाल उम्रने सुइ लगाएर २०७९ वैशाख २० गते बुधबारेस्थित सानिमाको घर गएका थिएँ । त्यस दिन साइँलीको फोन आयो । उनले भाउजूलाई दमकसम्म पुर्याउन जाऊँ भनेपछि गोपालले भेट्न बोलाए । बुधबारेस्थित एउटा पुलमा उभिएर उनीहरूले कुराकानी गरे । साँझ परेपछि आफूले घर जान भनेको तर फुपूले गाली गर्ने भन्दै साइँली जान नमाने गोपालले प्रहरीसामु बयान दिएका थिए । घर पुगाउन खोज्दा पनि नमानेपछि आफूले बिर्तामोड जाऊँ त्यहीँबाट तिमीलाई पहाड घर पठाइदिन्छु भनेको गोपालले बयानमा भनेका छन ।
त्यस रात उनीहरू दुवै एवान होटलमा बसे । ‘कोठाभित्रसँगै बसी कुराकानी गर्दागर्दै मलाई यौन उत्तेजना भयो र मैले साइँलीलाई पनि यौन उत्तेजनामा ल्याइ एकपटक करणी गरेको हुँ ।’ साइँली फुपूको घर फर्किन नचाहेको भए पनि अर्को दिन फुपूले प्रहरीमा उजुरी दिएको थाहा पाएपछि आफूले नै प्रहरी कार्यालय पुगाइदिएको उनले बयानमा बताएका छन । उक्त घटनामा जिल्ला अदालत झापाले २०८० माघ ९ गते गोपाललाई १० वर्ष कैदसहित चार लाख जरिवाना र एक लाख क्षतिपूर्तिको आदेश गरेको थियो ।
जिल्लाले उक्त आदेश गर्दा विवाह गर्ने प्रलोभन देखाइ ललाइफकाइ करणी गरेको र पीडितको उमेर १७ वर्ष भएकाले अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) बमोजिम कसुर गरेको ठहर गरेको थियो । उक्त आदेशविरुद्ध २०८१ जेठ ३ गते उच्चमा पुनरावेदन गरेका थिए । उच्चले जिल्लाको फैसला उल्ट्याउँदै यस्तो ब्याख्या गरेको हो ।
प्रतिक्रिया दिनुहोस्