जनता टाइम्स

२ बैशाख २०८२, मंगलवार १२:१०

महेश बस्नेतको ठोकुवा : प्रचण्डले सत्ता फेर्ने मनको लड्डु घिउसँग खाने भए


काठमाडौं, बैशाख २ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिमा अडान र बफादारीता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सिक्नुपर्ने बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत पूर्वमन्त्रीसमेत रहनुभएका एमाले नेता बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई भेटौं भनेको प्रसंग निकाल्दै यस्तो बताउनु भएको हो ।

‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नैपर्छ,’ बस्नेतले लेख्नुभएको छ, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ। प्रचण्डले भेटौँ न म प्रधानमन्त्रीको लागि निस्सर्त सपोर्ट गर्छु भन्दा जवाफ दिनुभएछ । पहिले तपाईंसँग थिएँ, ओलीसँग भेटिनँ। अहिले ओलीसँग छु, तपाईंसँग भेटदिन ।’ अब प्रचण्डले सत्ता फेर्ने मनको लड्डु घिउसँग खाने भए।