बिराटनगर, कैशाख ५ । नेकपा एमाले विराटनगर महानगरको अध्यक्षमा बलराम गिरी नवीनको प्यानल नै विजयी भएको छ । शुक्रवार बिहान सम्पन्न मतगणना परिणाममा गिरीले ५२ मतको अन्तरले अध्यक्षमा जीत निकाल्नु भएको हो ।
नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास बिफल भएपछि बिहीवार साँझ निर्वाचन भएको थियो । निर्वाचनमा गिरी १७३ मत सहित बिजयी बन्दा प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत पाउनु भएको छ । अध्यक्षमा निर्वाचित गिरीलाई नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य विनोद ढकालको समर्थन रहेको थियो ।
यस्तै अन्य नेताहरुको समूहबाट कोइराला उम्मेदवार बन्नुभएको थियो । सदस्यहरु सर्वसम्मत निर्वाचित भएको अधिवेशनमा पदाधिकारीमा गिरीकै प्यानल बिजयी बनेको छ । यसअघि मोरङ जिल्ला अधिवेशनमा पनि ढकालको समर्थन रहेको प्यानल पदाधिकारीमा विजयी भएको थियो ।
यस्तो छ मतपरिणाम
अध्यक्ष
बलराम गिरी : १७३
रोहित कोइराला : १२१
उपाध्यक्ष
राम पोखरेल : १३६
सुरज न्यौपाने : १४५
सचिव
नवराज काफ्ले : १०४
विज्ञान चापागाईं : १८३
उपसचिव
चन्द्रशेखर विश्वास : ९८
हमिद आजाद : १७८
उपसचिव (महिला)
कला डाँगी : १११
हिमा मैनाली पोखरेल > १६९
प्रतिक्रिया दिनुहोस्