काठमाडौं, ६ बैशाख । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा ७४ जनाको ज्यान गएको छ ।
हुथी समूह निकट अल मसिराह टीभीका अनुसार आक्रमणबाट कम्तीमा एक सय २५ जना घाइते भएका छन् । यो आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको छ ।
रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाको दाबी छ ।
रेड सी र एडेनको खाडीमा अमेरिकाले गएको मार्च मध्यदेखि हवाई आक्रमण गर्दै आएको छ । आक्रमणको उद्देश्य हुथी शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु रहेको अमेरिकी सेनाको भनाइ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्