जनता टाइम्स

६ बैशाख २०८२, शनिबार १४:४२

आफ्नो वर्गीय र सामुदायिक स्वार्थको कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सनु हुँदैन : एमाले महासचिव पोखरेल


 

काठमाडौं, वैशाख ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय हितलाई सबैभन्दा माथि राखेर सोच्नु पर्ने बताउनुभएको छ ।

वर्गीय र सामुदायिक स्वार्थका कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सन नहुने उहाँको धारणा छ । ‘हरेकले आफ्नो वर्गीय र सामुदायिक स्वार्थको कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सनु हुँदैन’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।

राष्ट्रिय दृष्टिकोणबिना गरिने आन्दोलनले देशलाई थप समस्याग्रस्त बनाउने उहाँले उल्लेख गर्नुभएको छ । ‘राष्ट्रिय दृष्टिकोण विना वर्ग वा सामुदायिक स्वार्थका लागि गरिने आन्दोलन र दबाबले देशलाई अझ समस्याग्रस्त बनाउन सक्छ’, पोखरेलले लेख्नु भएको छ ।