जनता टाइम्स

६ बैशाख २०८२, शनिबार २०:१४

धनगढीलाई हराउँदै १० खेलाडीको ललितपुर फाइनलमा


काठमाडौं, ६ बैशाख । दुई विदेशी खेलाडी केरभेन्स बेलफोर्ट र पापा इबोउ केबेको सानदार गोलमा साविक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग २०२५ को फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिवार भएको पहिलो क्वालिफायरमा साविक उपविजेता धनगढी एफसीलाई २–१ ले पराजित गर्दै १० खेलाडीमा सिमित रहेको ललितपुर फाइनल पुगेको हो ।
खेलको १६औं मिनेटमै मणि कुमार लामाले नाटकिय रुपमा रातो कार्ड सामना गरेपछि १० खेलाडीमा समेटिएको ललितपुरले एक खेलाडी कम हुनका बावजुत पनि उत्कृष्ट प्रदर्शन गर्दै जित हात पारेको हो । ललितपुरले ८५ मिनेट भन्दा बढी समय १० खेलाडीमा रहेर खेलेको थियो ।

रेफ्री उमेश बिडारीले मणिलाई रातो कार्ड देखाउने निर्णयलाई ललितपुरले दुई सानदार गोलबा६ जवाफ दियो । धनगढीले भने एक खेलाडी कम भएको अवसरको फाइदा उठाउन सकेन ।

ललितपुरले अब बैशाख १३ गते उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग फाइनल खेल्नेछ । पराजित धनगढीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । पोखरा थण्डर्स र चितवनबीच आइतबार एलिमनेटर हुनेछ । त्यस खेलको विजेतासँग धनगढीले बैक्काख १० गते खेल्नेछ ।

खेलमा एक खेलाडी कम भए पनि ललितपुरले पहिले अग्रता लिएको छ । केरभेन्स बेलफोर्टले ५७औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै साविक विजेतालाई अग्रता दिलाएका थिए ।

त्यसको चार मिनेटपछि नै धनगढीले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेलगत्तै धनगढीका जर्ज प्रिन्स कार्कीले गोल गरे । सर्जियो बार्बोजाले हानेको कर्नरमा कप्तान देवेन्द्र तामाङले हेड गरेका थिए । ललितपुरका कप्तान अनन्तले त्यसलाई क्लियर गर्ने क्रममा बल जर्ज प्रिन्सले भेट्टाए । उनले सिक्स यार्ड बक्सबाट उत्कृष्ट फिनिस गरे ।

त्यसपछि धनगढीले लगातार आक्रमण गरेपनि एक खेलाडी कम भएको फाइदा उठाउन सकेन । उल्दै ललितपुरले फेरि अग्रता लियो । पापा इबोउ केकेबेले ७९औं मिनेटमा सानदार गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाए ।

केबेले मैदानको मध्यभागमा प्राप्त बललाई अघि बढाउादै धनगढीका कप्तान देवेन्द्र तामाङलाई छलाएर दुई डिफेण्डरको बिचबाट हानेको प्रहार सुनरद गोलमा परिणत भयो । धनगढीका किपरले रोक्ने कुनै अवसर पाएनन् ।

त्यसअघि पहिलो हाफको सुरुमै मणि कुमार लामाले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो ।एअर  बल हान्ने क्रममा धनगढीका मोहमम्द अल जाउएनीले ललितपुरका मणि कुमार लामालाई खुट्टाले छातिमा हानेका थिए लडेपछि मणिको खुट्टाले मोहम्मदलाई छातीमा लागेको देखिएको थिए । रेफ्री उमेश बिडारीले फोर्थ अफिसियल श्याम दनुवारसँग सल्लाह गरेपछि मणिलाई सिधै रातो कार्ड देखाए ।