काठमाडौं, १० वैशाख । कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल पनि मारिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नरवालले अप्रिल १६ मा मात्र विवाह गरेका थिए। उनी आफ्नी श्रीमतीसँग हनिमुन मनाउन कश्मीर गएका थिए।विनयका हजुरबुबा हवा सिंह नरवालले पत्रकारहरूलाई भने, ‘उनी विवाहपछि स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा पाएनन्, त्यसैले उनी कश्मीर गए।’ हरियाणाको करनाल जिल्लाका नरवाल दुई वर्षअघि मात्र नौसेनामा भर्ना भएका थिए।
आतंकवादी आक्रमणमा लेफ्टिनेन्ट विनय नरवाल पनि मारिए

प्रतिक्रिया दिनुहोस्